शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आगलागीमा ६ वटा पशुचौपाया घाईते 

आगलागीमा ६ वटा पशुचौपाया घाईते 

रोदिक खबर

२२, कार्तिक २०७७
  • 2.9K
    SHARES
  • आगलागीमा ६ वटा पशुचौपाया घाईते 

    खोटाङ । आगलागीमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका विश्वराम मगरको ६ वटा पशुचौपाया डढेर घाईते भएका छन् ।

    शुक्रबार राती २ बजे गोठबाट सल्किएको आगोले घर जल्दा मगरको एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका हुन् । आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको स्थानीय जगत किरातीले बताए ।

    आगलागीमा मगरको अन्न, काठपात, बन्दोबस्तीका सामान लगायत जल्दा करिब १० लाखको क्षती भएको अनुमान गरिएको छ । आगलागीको विषयमा जानकारी आएपछि जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राई, वडाध्यक्ष सुकदेव राई, इलाका प्रहरी कार्यालय चिसापानीका सई कुलबहादुर मगर लगायत घट्नास्थल पुगेका थिए । 

    घरसँगै रहेको गोठमा बालेको धुपबाट घर जलेको अनुमान गरिएको छ । घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन् । 

    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - २१:५६:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको