शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दिक्तेलमा एकैदिन थप १२ जनामा कोरोना संक्रमण पुष्टि

दिक्तेलमा एकैदिन थप १२ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२२, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • दिक्तेलमा  एकैदिन थप १२ जनामा कोरोना  संक्रमण पुष्टि

    खोटाङ । खोटाङमा एकैदिन थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश १ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गर्दा आज १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    जिल्ला अस्पतालका अनुसार ६१, ५६, ४२, ३२, ३२ वर्षका पुरुष तथा ५४, ४७, ३४, ३२,  ३०, २५ र  १५ वर्षका महिलामा कोरोना देखिएको हो ।

    गत कार्तिक १४ गते पनि एकैदिन १२ जनामा  कोरोना संक्रमण देखिएपछि संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको कार्तिक १७ गते १४७ जनाको स्वाव संकलन गरिएको थियो ।

    १४७ जना मध्ये कार्तिक २१ गते ३१ जनाको पिसिआर परीक्षण गर्दा एक जना र २२ गते ११६ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।

    यो सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या ६६ पुगेको छ । हालसम्म ३२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । ३४ जना उपचाररत रहेका छन् । पछिल्लो समय दिक्तेलमा कोरोना संक्रमण  समुदायस्तरमा फैलिदै गएको छ । 

    प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - २२:३९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको