शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

रोदिक खबर

२३, कार्तिक २०७७
  • 1.7K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८१२ रहेको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४९ रहेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९३५ रहेको छ । त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख ४० हजार ७७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १८:४४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको