शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

रोदिक खबर

२४, कार्तिक २०७७
  • 1.9K
    SHARES
  • नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

    नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    विद्युत् प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

    शाक्यले आजै कार्यभार सम्हालेका छन् । यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । 

    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १७:४८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको