शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खुर्सानीको बोरामा विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ

खुर्सानीको बोरामा विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ

रोदिक खबर

२४, कार्तिक २०७७
  • 3.9K
    SHARES
  • खुर्सानीको बोरामा विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ

    वीरगञ्ज । बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका–१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दासलाई  पक्राउ गरेको हो।

    जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजिकै सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटका बरामद भएको प्रहरीले जनाएको छ ।

    बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको प्रहरीको भनाइ छ । 

    विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १८:४३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको