शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

 समन्वय प्रमुख,सिडिओ,डिएसपीसहित १८ जनाले जिते कोरोना

 समन्वय प्रमुख,सिडिओ,डिएसपीसहित १८ जनाले जिते कोरोना

रोदिक खबर

२५, कार्तिक २०७७
  • 4.1K
    SHARES
  •  समन्वय प्रमुख,सिडिओ,डिएसपीसहित १८ जनाले जिते कोरोना

    खोटाङका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षकसहित १८ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । कोरोना पुष्टि भएको १५ दिनपछि दोश्रो पटक पिसिआर परीक्षण गर्दा सोमबार सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

    जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल,सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरिया लगायत १८ जनाले कोरोना जितेका हुन् । उनीहरुहरुमा ९ कार्तिकमा कोरोना पुष्टि भएको थियो ।

    उनीहरुको प्रदेश नं. १ प्रादेशिक प्रयोगशाला विराटनगरमा चेक गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल खोटाङका डा. प्रवीण झा ले बताए। प्रनाउ चिमरीयाले भने आइतबार नै काठमाण्डौमा स्वाव दिई पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।

    डा. झाका अनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख  चाम्लिङकी श्रीमति शर्मिला राई, जिल्ला समन्वय अधिकारी राजेश गिरी, समन्वय  प्रमुख  चाम्लिङका स्वकीय सचिव मिलनचन्द्र राई कोरोनामुक्त भएका हुन् ।

    यस्तै, दिक्तेलका ३२, ५७, २६, ४५, ५३, ३३, ४२, ३५, ३३, ३२, ३२, वर्षीय पुरुष र ५० वर्षीया महिलाले पनि कोरोना जितेका छन् । योसँगै खोटाङमा कोरोना जित्नेको संख्या ४९ जना पुगेको छ । यसअघि ३२ जनाले कोरोना जितिसकेका थिए ।

    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - ०६:३६:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको