शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

अटोरिक्सा दुर्घट्नामा गम्भीर घाइते भएका युवालाई सहयोग

अटोरिक्सा दुर्घट्नामा गम्भीर घाइते भएका युवालाई सहयोग

रोदिक खबर

२५, कार्तिक २०७७
  • 2.1K
    SHARES
  • अटोरिक्सा दुर्घट्नामा गम्भीर घाइते भएका युवालाई सहयोग

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित सुम्नीमा पारुहाङ सांस्कृतिक समुहले अटोरिक्सा दुर्घट्नामा गम्भीर घाइते भएका एक युवालाई आर्थिक सहयोग गरेका छन् ।

    समुहले गत कात्तिक २२ गते भएको अटोरिक्सा दुर्घटनामा गम्भीर घाईते भएका हलेसीका रुपेश राईलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

    दुर्घटनापछि हेलीकोप्टर चार्टर गरेर शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौंमा पु¥याइएका घाईते राईको उपचार एबं जीवन बचाउका लागि आर्थिक सहयोग गरेको सुम्नीमा पारुहाङ सांस्कृतिक समुहले जनाएको छ ।

    सुम्नीमा पारुहाङ सांस्कृतिक समुहका अध्यक्ष हर्कराज राई लगायतको टोलीले सोमबार घाईते राईकी आमा ममता राईलाई घरैमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् । 

    जयराजघाट–दिक्तेल सडक खण्डको ऐसेलुखर्कस्थित पिलोते भिरमा स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका हुन् । अटोरिक्सा सडकबाट १० फिट तल खस्दा घाईते भएका राईलाई सुरुमा न्युरो अस्पतालमा पु¥याइए पनि शिक्षण अस्पताल रेफर गरिएको थियो । कोरोना परिक्षणका कारण उनको शल्याक्रीयामा ढिलाइ भएको बुबा कम्पशेर राईले बताए ।

    ज्याला मजदुरीबाट परिवार पाल्दै आएका कम्पसेरले घाईते छोराको उपचार सहयोगका लागि अपिल गरेका छन् । परिवारको आग्रह अनुशार रुपेशको उपचार सहयोगार्थ  सामाजिक सञ्जाल फेसबुकमार्पmत ‘रुपेश राई बचाऊ’ अभियान थालिएको छ ।

    रुपेशलाई सहयोग गर्ने मनकारी व्यक्तीले हलेसीका नविन चाम्लिङ, यविन्द्र राई, हामस राई र हाल काठ्माण्डौंमा रहेका चन्द्र राईलाई क्रमशः ९८४९३०४०३८, ९८४२९४४३०१, ९८४२९४४३०० र ९८५१२७९२२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ । 

    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - ११:२२:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको