शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थपिए २ हजार ७३६ जना संक्रमित, कोरोनाबाट थप २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए २ हजार ७३६ जना संक्रमित, कोरोनाबाट थप २२ जनाको मृत्यु

रोदिक खबर

२५, कार्तिक २०७७
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घण्टामा थपिए २ हजार ७३६ जना संक्रमित, कोरोनाबाट थप २२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८५३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ रहेको छ ।
    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५८ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १८:२०:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको