खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत सोमबार भएको आगलागीबाट विस्थापित भएका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी गैरीटोलका राजबहादुर राईलाई नगद, खाद्यान्न, पाल लगायतका राहत सामग्री प्रदान गरेको हो ।
आगलागीबाट विस्थापित परिवारलाई नगद ११ हजार ७ सय, १२० केजी चामल, ६ केजी नुन, ८ केजी दाल, १० लिटर तेल र एक थान पाल प्रदान गरेको जनाएको छ । राहत सामग्री गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले पीडितलाई घरैमा पुगेर हस्तान्तरण गरेका हुन् ।
विद्युत सर्ट हुँदा सुरु भएको आगोले राईको अन्दाजी १४ लाख ४३ हजार ५ सय बराबरको धनमाल नष्ट भएको गाउँपालिकाका कर्मचारी एनवी श्रेष्ठले जानकारी दिए । गाउँपालिका अध्यक्ष निरौलाले अग्नी पीडितलाई जस्ता उपलव्ध गराउने घोषणा गरेका छन् ।