बिहिवार, कार्तिक १३ गते २०८३

भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

रोदिक खबर

२८, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

    काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

    मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १३:१६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको