शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

अटो दुर्घटनामा गम्भीर घाईते बनेका बालकको उपचारार्थ ६ लाख ८७ हजार संकलन 

अटो दुर्घटनामा गम्भीर घाईते बनेका बालकको उपचारार्थ ६ लाख ८७ हजार संकलन 

रोदिक खबर

२८, कार्तिक २०७७
  • 3.2K
    SHARES
  • अटो दुर्घटनामा गम्भीर घाईते बनेका बालकको उपचारार्थ ६ लाख ८७ हजार संकलन 

    खोटाङ । अटोरिक्सा दुर्घट्नामा गम्भीर घाईते भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीका ७ वर्षीय रुपेश राईको उपचारका लागि ६ लाखभन्दा बढि उपचार खर्च जुटेको छ ।

    गत कात्तिक २२ गते स १ ह ३५१८ नम्बरको अटोरिक्सा दुर्घट्ना हुँदा गम्भीर घाईते भएपछि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पु¥याइएका रुपेशको उपचारार्थ ६ लाख ८७ हजार ५४ रुपैयाँ संकलन भएको हो । 

    स्वदेश तथा विदेशका दाताबाट संकलन गरिएको सहयोग रकम शुक्रबार घाईतेकी आमा ममता राईलाई घरैमा पुगेर हस्तान्तरण गरिएको ‘रुपेश राई बचाउ अभियान’का अभियानकर्मी नविन चाम्लिङले बताए ।

    उपचारका लागि जुटेको रकम महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, वडासदस्य डिल्ली चाम्लिङ, स्थानीय अगुवा हर्कराज राई र कमानसिं राईले घाईतेका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

    जयराजघाट–दिक्तेल सडक खण्डको महादेवस्थानमा पर्ने ऐसेलुखर्कस्थित पिलोते भिरमा भएको अटोरिक्सा दुर्घट्नामा रुपेश गम्भीर घाईते भएका थिए । अटो दुर्घटनाकाक्रममा सडकमा गुल्टिँदा रुपेशको दायाँतर्फको टाउकादेखि गालासम्मको भाग तछारिएको छ ।

    १ लाख ५० हजारमा चार्टर गरिएको हेलीकोप्टरमार्फत न्युरो अस्पताल, सर्जरी अस्पताल कीर्तिपुर हुँदै शिक्षण अस्पताल महाराजगन्जमा पु¥याइएका रुपेशको उपचार जारी छ । 

    रुपेश परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले फेसबुकमार्फत ‘रुपेश राई बचाउ अभियान’ सुरु गरेका थिए । घाईते रुपेशको उपचारका लागि फेसबुकमार्फत सहयोगका लागि आव्हान गरेको ५ मिनेटमै हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले घरैमा पुगेर १० हजार  सहयोग गरेर अभियानको शुभारम्भ गरेको  अभियान्ता चाम्लिङले बताए । संस्थागतरुपमा होलेसुङ समुहले पनि १६ हजार प्रदान गरेको थियो ।

    ज्याला मजदुरीबाट जिवीका चलाउँदै आएका राई परिवारले उपचार सहयोगका लागि अपिल गरेपछि थालिएको सहयोग अभियान तत्कालका लागि स्थगित गरिएको छ ।

    रुपेशको उपचारका लागि पुग्ने मात्रामा सहयोग रकम संकलन भएपछि अभियान स्थगित गरिएको चाम्लिङले बताए ।  ‘रुपेश राई बचाउ अभियान’का अभियानकर्मीले घाईते बालकको उपचारका लागि सहयोग गर्ने सवै दाताप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - २०:०६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको