शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

रोदिक खबर

३०, कार्तिक २०७७
  • 1.8K
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि,थप ६ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २२१ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७९८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । अहिलेसम्म नेपालमा १६लाख ९ हजार ७९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १६:२५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको