नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या १३७ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या १३७ पुग्यो

रोदिक खबर

५, भाद्र २०७७
  • 3.8K
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु,  कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या  १३७  पुग्यो

    काठमाडौं । नेपालमा आज (शुक्रवार) थप ८३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

    नेपालमा हिजो (बिहीवार) ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - २१:१७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको