शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

तिहारका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश– राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास

तिहारका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश– राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास

रोदिक खबर

१, मंसिर २०७७
  • 2.1K
    SHARES
  • तिहारका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश– राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास

    नेपालीहरूको महान् चाड तिहारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।

    तिहारको मुख्य दिन भाइटीकाका अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्– नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    राष्ट्रपति भण्डारीले नेपाल संवत्‌को नयाँ वर्षको उपलक्ष्यमा पनि छुट्टै शुभकामना सन्देश जारी गरेकी छन् । तिहारको उपलक्ष्यमा जारी सन्देशमा राष्ट्रपति भण्डारीले पूर्व सावधानी अपनाएर पर्व मनाउन अपिल गरेकी छन् ।
    यस वर्षका सबैजसो चाडपर्वहरू नोबल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको वृहत् सुरक्षालाई मध्यनजर गर्दै मनाउनु परेको छ ।

    यस महामारीको खोप हालसम्म विकास भैनसकेकाले पूर्व सावधानीका लागि समय-समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन ।

    चाड पर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्व सावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ,राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा भनेकी छन् ।

    साथै उनले तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वास पनि व्यक्त गरेकी छन् ।

    प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - ०७:५५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको