शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नर्सले लगाइदिए बिरामीलाई भाइटीका

नर्सले लगाइदिए बिरामीलाई भाइटीका

रोदिक खबर

१, मंसिर २०७७
  • 3.8K
    SHARES
  • नर्सले लगाइदिए बिरामीलाई भाइटीका

    चाडपर्वका बेलामा अस्पतालमा बस्नु पीडादायी हुन्छ, चाहे विरामी भएर उपचार गर्न जानु परोस्, चाहे विरामीको उपचार गर्न जाने स्वास्थ्यकर्मी नै ।

    सोमबार देशभर भाइटीका मनाइयो । तर विरामी भएर अस्पतालमा भर्ना धेरैले भाइटीका मनाउन पाएनन्  चितवन मेडिकल कलेजमा भने नर्सहरुले बिरामीहरुलाई भाइटीका लगाइदिएका छन् ।

    नर्सहरुले बेडमा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनीहरुले अस्पतालमा उपचाररत १५७ जना बिरामीलाई भाइटीका लगाइदिए ।

    नर्सहरुले भाइटीकाक लगाइदिँदा निकै खुसी लागेको अस्पतालमा उपचाररत हेटौडा कमानेका ३४ बषर्ीय रमेश देउजाले बताए । ‘अरू दिनमा उहाँहरूले हाम्रो सेवा गर्नुहुन्थ्यो, आज सेवासँगै भाइटीका पनि लगाइदिनुभयो’ देउजाले भने, ‘भाइटीकाको दिनमा घर नभए पनि दिदिवहिनीले याद ताजा भयो ।’

    अस्पतालकी नसिङ अफिसर अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उहाँहरुकै बेडबेडमा पुगेर भाइटीका लगाएर दीघायूको कामना गरिएको बताइन् । ‘हामीले पनि आफ्ना दाजुभाइलाई मिस गर्‍यौं, उहाँहरुले पनि गर्नुभयो होला’ कुँवरले भनिन्, ‘जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।’

    यसरी चाडपर्व मनाउँदा बिरामीहरु निकै उत्साहित र खुसी भएको आफूले पाइएको बताइन् ।

    अनलाइनखबरबाट ।

    प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १९:१६:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको