बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली, एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली, एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

रोदिक खबर

३, मंसिर २०७७
  • 5.0K
    SHARES
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली, एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

    केही समय अगाडि शीतल निवास पुगेका ओली राष्ट्रपति कार्यालयमै छन् । शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री ओलीले दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

    सचिवालय बैठक बोलाइएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक घण्टा स्थगित गरेपछि सचिवालय बैठक बस्ने सम्भावना देखिएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बालुवाटारमा दिउँसो एक बजे नै बस्ने जानकारी दिएका छन् । नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । हिजो मात्रै राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेकी थिइन् ।

     

    प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १२:२४:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको