शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

रोदिक खबर

४, मंसिर २०७७
  • 4.9K
    SHARES
  • नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप


    काठमाडौं । सरकारले नेपाल प्रहरीमा ६ जनाको दरबन्दी थप गरेको छ । सरकारले एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको हो ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजी र पाँच डीआईजी थप गर्ने निर्णय गरेको हो । दरबन्दी थप गरिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र धीरजप्रताप सिंह प्रतिष्पर्धामा रहेका छन् ।

    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २०:११:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको