किसानलाई मिल, थ्रेसर र क्यारेट 

किसानलाई मिल, थ्रेसर र क्यारेट 

रोदिक खबर

९, मंसिर २०७७
  • 4.4K
    SHARES
  • किसानलाई मिल, थ्रेसर र क्यारेट 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई कृषि औजार प्रदान गरेको छ । कृषि पेशाको व्यवसायीकरणका लागि गाउँपालिकाले स्वीस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एबं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास) सँगको साझेदारीमा किसानलाई कुटानी पिसानी मिल, धान काट्ने थ्रेसर र क्यारेट वितरण गरेको हो ।

    गाउँपालिकाले कुटानी पिसानीका लागि घण्टौं धाउन बाध्य महिला किसानलाई तीन वटा मिल, सुन्तला, लिची, कागती जस्ता पकेट क्षेत्रका किसानलाई ६ सय थान क्यारेट र धान काट्ने ७ वटा थ्रेसर मेसिन प्रदान गरेको हो ।

    नरमायाँ कृषक समुह याम्खा, डाँडागाउँ खुतुम्बु निवासी मैयाँ तामाङ र छोरम्बुकी रनमायाँ श्रेष्ठलाई एक÷एक थान कुटानी पिसानी गर्ने मिल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । 

    यस्तै, मौसमी बिजवृद्धि कृषक समुह याम्खा, अजम्बरी कृषक समुह याम्खा, सिंहदेबी कृषक समुह डाँडागाउँ, नवप्रभात कृषक समुह छोरम्बु, राम्चे हरियाली कृषक समुह बतासे, चुचुढुंगा कृषक समुह सप्तेश्वर छितापोखरी र अन्नपूर्ण कृषक समुह टेम्मालाई थ्रेसर प्रदान गरिएको छ । 

    गाउँपालिकाले ७ वडाभित्रका २१ कृषक समुहलाई प्रतिसमुह २५ वटाका दरले क्यारेट र १० जना कृषकलाई ७५ वटा क्यारेट प्रदान गरेको जनाएको छ । कृषि सामग्री गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राईले किसानलाई हस्तान्तरण गरेका हुन् । 

    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १८:०५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको