शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

रोदिक खबर

१०, मंसिर २०७७
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३८९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १४० रहेको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

    देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ९० हजार ५०९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६६९ रहेको छ ।

    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १७:४१:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको