मंगलटारका ३४० जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

मंगलटारका ३४० जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

रोदिक खबर

१३, मंसिर २०७७
  • 5.8K
    SHARES
  • मंगलटारका ३४० जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मंगलटारका ३४० जना कृषकहरुलाई कृषि सामग्री, बीउ बिजन र किटनाशक औषधि वितरण गरेकोे छ । सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि कृषि सामग्री, बीउबिजन र किटनाशक औषधि वितरण गरेको हो ।

    नगरपालिकाले कृषकहरुलाई हिलटेक, स्प्रे ट्याङकी, सिड स्प्रे, हजारी, बीउबिजन र किटनाशक औषधि वितरण गरिएको छ ।  कृषकहरुलाई नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, वडाध्यक्ष रमेश राउत लगायतले कृषि सामग्री वितरण गरेका थिए ।

    नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा २६ कार्तिकबाट नगरपालिकाले ११ वटै वडाका कृषकलाई बीउबिजन तथा सामग्री वितरण गरिरहेको छ ।
    नगरपालिकाले ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गर्ने जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - २१:००:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको