शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

रोदिक खबर

१५, मंसिर २०७७
  • 3.5K
    SHARES
  • एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

    बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

    बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।
    एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

    सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।

    एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ ।

    दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । 

    प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - ०९:२३:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको