शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि, थप २१ जनाको मृत्यु

रोदिक खबर

१६, मंसिर २०७७
  • 2.0K
    SHARES
  • पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि,  थप २१ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ७३ रहेको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

    प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १७:०६:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको