शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना गम्भीर घाइते

पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना गम्भीर घाइते

रोदिक खबर

१७, मंसिर २०७७
  • 4.4K
    SHARES
  • पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना गम्भीर घाइते

    फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

    स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । रासस

    प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ११:१७:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको