बुधवार, कार्तिक १९ गते २०८३

  • ट्रेण्डिङ:

सुनको भाउ तोलामा पाँच सयले बढ्यो

सुनको भाउ तोलामा पाँच सयले बढ्यो

रोदिक खबर

७, माघ २०७७
  • 2.6K
    SHARES
  • सुनको भाउ तोलामा पाँच सयले बढ्यो

    काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।
    यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६०  रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १२:५२:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको