बाइडेनलाई कसले गराउँदैछ शपथ ?

बाइडेनलाई कसले गराउँदैछ शपथ ?

रोदिक खबर

७, माघ २०७७
  • 3.9K
    SHARES
  • बाइडेनलाई कसले गराउँदैछ शपथ ?

    अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ बुधबार हुँदैछ । अबको केही घण्टामा अमेरिकी मुख्य न्यायाधीश जोन जी रोबर्टले उनलाई पद तथा गोपनीयताको शपथ दिलाउनेछन् । त्यसपछि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

     जसमा उनले राष्ट्रपतिमा आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवादका साथै आफ्नो योजनाहरु संक्षिप्तमा राख्ने बताइएको छ । त्यसपछि उनलाई सैन्य टुकडीले सम्मान गर्नेछ ।

    यस्तै गायिका लेडी गागाले राष्ट्रिय गीत गाउने कार्यक्रम पनि रहनेछ भने अन्य सांगीतिक प्रस्तुती समेत राखेर शपथ समारोहलाई थप भव्य बनाइँदैछ ।

    त्यसपछि ह्वाइट हाउसतर्फ लाग्नेछन् । शपथ ग्रहण समारोहमा डोनाल्ड ट्रम्पको सहभागिता रहनेछैन । उनको साटो उपराष्ट्रपति माइक पेन्स सहभागी हुने बताइएको छ । यस्तै पूर्वराष्ट्रपति बिल क्लिन्टल, जर्ज डब्लू बुस र बाराक ओबामा पनि सहभागी हुनेछन् । एजेन्सी

    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - २१:१४:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको