बुधवार, कार्तिक १९ गते २०८३

मकैको खोसेलाबाट आकर्षक सामग्री बनाउन महिलालाई एक महिने तालिम

मकैको खोसेलाबाट आकर्षक सामग्री बनाउन महिलालाई एक महिने तालिम

रोदिक खबर

२१, माघ २०७७
  • 5.4K
    SHARES
  • मकैको खोसेलाबाट आकर्षक सामग्री बनाउन  महिलालाई एक महिने तालिम


    खोटाङ । माघ २०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मकैको खोसेलाबाट आकर्षक सामग्री बनाउन एक महिने तालिम सुरु गरेको छ ।

    स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत मकैको खोस्टाबाट जुत्ता, चप्पल, लेडिज ह्याण्ड ब्याग, पिरा, ह्याट, पूजाका सामग्री बोक्ने ढाकी लगायतका सामग्री उत्पादन गर्ने तालिम दिन सुरु गरेको हो ।मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानी लिने लक्ष्यका साथ एक महिने तालिम सुरु गरेको छ । 

    मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको दिगो श्रोत बनाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको तालिम मंगलबार नगरप्रमुख इवन राईले उद्घाटन गरेका छन् ।

    लघु उद्यम सम्वन्धी ८ दिनको तालिम दिएपछि उनीहरुलाई पुःन खोसेलाको सामग्री बनाउने सीप विकास तालिम दिन सुरु गरिएको हो । दोश्रो चरणमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा मकैको खोसेलाबाट सामग्री निर्माण गर्ने तालिम सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख राईले बताए ।

    त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोकारुपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम दिन सुरु गरिएको हो ।

    खोस्टाबाट उत्पादित सामग्रीको मूल्य नगरपालिकाले निर्धारण गर्ने बजारीकरणमा सहयोग गर्ने हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बताईन् । खोस्टाबाट निर्माण गरिएका सामग्री छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वकांक्षी लक्ष्य राखिएको छ । 

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - ०८:५७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको