शुक्रवार, भाद्र २६ गते २०८३

'ज्यानै फाल्नु पहिले' म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

'ज्यानै फाल्नु पहिले' म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

रोदिक खबर

२३, माघ २०७७
  • 14.5K
    SHARES
  • 'ज्यानै फाल्नु पहिले' म्युजिक भिडियो सार्वजनिक  ( भिडियो )

    काठमाडौँ । जीवनलाई हार सम्झी आत्महत्या गर्न चाहने प्रति समर्पित गर्दै गीतकार तथा संगीतकार बसन्त लम्सालले आफ्नो बिल्कुलै नयाँ मार्मिक म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन्।

    आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गीतकार लम्सालले वास्तवमा आत्महत्या अभिशाप हो , संघर्ष नै जिन्दगी हो, बाँचुन्जेल संघर्ष गर, समस्या अस्थायी हुन्छ, दुख सत्य हो, दिन पछि रात हुन्छ, रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार, मैदान नछोड भन्ने संदेश दिन खोजेका छन्।

    यस गीतमा स्वर लोकप्रिय गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापाको मन छुने अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

    निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले 'यसलाई पर्दा उसले हेर्थ्यो', 'तिमी मेरो एउटा' लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन लम्सालले सबैलाई आग्रह गरेका छन्।

    YOUTUBE LINK: https://youtu.be/fr8jdod9TeA

    प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - २१:३२:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको