बुधवार, कार्तिक १९ गते २०८३

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

रोदिक खबर

२६, माघ २०७७
  • 3.1K
    SHARES
  • भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

     काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ ।

    भट्टको घाँटीमा पनि निलडाम छ । उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए ।

    प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - ००:१५:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको