अन्तर्राष्ट्रिय उडानका चार्टर्ड र नियमित तालिका सार्वजनिक, कुन देशबाट कहिले ?

अन्तर्राष्ट्रिय उडानका चार्टर्ड र नियमित तालिका सार्वजनिक, कुन देशबाट कहिले ?

रोदिक खबर

१०, भाद्र २०७७
  • 2.2K
    SHARES
  • अन्तर्राष्ट्रिय उडानका चार्टर्ड र नियमित तालिका सार्वजनिक, कुन देशबाट कहिले ?

    काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार अन्तर्राष्ट्रिय उडानका नियमित तथा चार्टर्ड उडान तालिका सर्वजनिक गरेकाे छ । भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडानबारे मन्त्रालयले जनाएको छ । अब सो तालिका अनुसार विभिन्न मुलुकबाट उडान हुनेछ । सरकारले बताएको तालिकालाई मिलाएर दुवै उडान तय गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    तालिका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवाले नियमित उडान भर्नेछन् ।

    त्यस्तैगरी नेपालका जहाज कम्पनीहरुले पनि उडानको अनुमति पाएका छन् । हिमालय एयरलाइन्सले चिनको टोङकुइन, मलेशिया र साउदीबाट उडान भर्न अनुमति पाएको छ । त्यस्तै नेपाल वायुसेवा जापानको नारिता, दुबई, मलेसिया र हङकङबाट उडानको अनुमति पाएको छ ।

    उता चार्टर्ड उडानको जिम्मा पाएको नेपाल एअरलाइन्स, हिमालय एअरलायन्स, कतार एयरवेज, जजिरा एअर, र सलाम एअरले साउदी, कुवेत, बहराइन र कतारमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नेछ । उनीहरुले २७ उडान भर्ने जिम्मा पाएका छन् । सरकारले पीसीआर परीक्षणमा नेगेटिभ आएका यात्रुहरुलाइ १४ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाइ सिधै घर पठाउन निर्णय गरेको छ ।

    उनीहरुले सरकारले राखेको वेवसाइटमा आफ्नो नाम र ठेगाना राख्नुपर्ने छ । र, नेपाल आएपछि एयरपोर्ट मै पीसीआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । उता बिदेशमै पीसीआर परीक्षण सुविधा नभएको मुलुकबाट नेपाल आएका यात्रुहरुले भने काठमाडौंमा होटल क्वारेन्टाइनमा सशुल्क बस्नु पर्नेछ । ७ दिनको होटल क्वारेन्टाइन बसाइपछि पीसीआर परीक्षण गरेपछि मात्रै घर जान पाउनेछन् ।

    charde.jpg

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १७:५५:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको