बुधवार, कार्तिक १९ गते २०८३

उदयपुरको सामुदायिक वनमा लागेको भीषण आगो नियन्त्रण बाहिर,सनुवागाउँ उच्च जोखिममा

उदयपुरको सामुदायिक वनमा लागेको भीषण आगो नियन्त्रण बाहिर,सनुवागाउँ उच्च जोखिममा

रोदिक खबर

१२, चैत्र २०७७
  • 2.6K
    SHARES
  • उदयपुरको सामुदायिक वनमा लागेको भीषण आगो नियन्त्रण बाहिर,सनुवागाउँ उच्च जोखिममा

    उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित सनुवा सुक्नाई सामुदायिक वनमा सोमबारदेखि लागेको आगो नियन्त्रणमा​ आउन सकेको छैन। आगो नियन्त्रण बाहिर रहेकाले सनुवागाउँ उच्च जोखिममा परेको छ।

    सोमबार साँझदेखि लागेको डढेलो बिहीबार सम्म नियन्त्रणमा आउन सकेको छैन। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा कठिन भइरहेको त्रियुगा नगरपालिका कार्यपालिका सदस्य कमला खड्काले बताइन्।

    डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले डढेलोले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा रहेको बताए। सनुवा चुरे क्षेत्रको एक सय ५० हेक्टर क्षेत्रफल आसपासमा डढेलो फैलिएपछि सनुवागाउँ पनि जोखिममा परेको हो।

    बुधबार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनका कर्मचारी र उभभोक्तासहित चार सय भन्दा बढी जनशक्तिले डढेलो निभाउन प्रयास थालिएको छ। वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले आगो लगाएको हुन सक्ने समितिले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २२:०७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको