बिहिवार, कार्तिक २० गते २०८३

खोटाङमा आगलागीमा २० वटा पशु चौपाया मरे

खोटाङमा आगलागीमा २० वटा पशु चौपाया मरे

रोदिक खबर

३१, चैत्र २०७७
  • 2.6K
    SHARES
  • खोटाङमा आगलागीमा २० वटा पशु चौपाया मरे

    खोटाङ ।  आगलागी हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा ज्यामिरेका कुलमान चौहानको २० वटा भेडाबाख्रा मरेका छन् । सोमवार राती सवा २ बजे भएको आगलागीमा चौहानको १८ वटा बाख्रा,  दुई वटा भेडा र ११ वटा कुखुरा जलेर मरेको निर्मलीडाँडाका वडाध्यक्ष हर्कराज राईले बताए । 

    यस्तै, आगलागीमा एउटा व्याउने सहित दुई वटा लैनो भैंसी, दुई वटा पाडा, चार वटा भेडाबाख्रा डढेर गम्भीर घाईते भएका छन् । जलेको अवस्थामा उद्धार गरिएका चौपाया मध्ये बाँच्ने अवस्थामा नभएकाले दुई वटा पाडा काटिएको वडाध्यक्ष राईले बताए । 
    यस्तै, घाईते अवस्थामा उद्धार गरिएका चारवटा बाख्रामध्ये एउटा खसी र एउटा भेडा काटिएको छ ।

    पशुचौपाय, भूकम्प प्राधिकरणको अनुदानमा बनाइएको घर, घरमा भएका जिन्सी, भण्डारण गरिएको एक मुरी आलु लगायत जल्दा अन्दाजी १२ लाख ५७ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा भएको घरमा आगलागीको कारण खुलेको छैन । 

    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १७:४७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको