बिहिवार, कार्तिक २० गते २०८३

घरमा चट्याङ हान्दा खोटाङमा दुई घर जले

घरमा चट्याङ हान्दा खोटाङमा दुई घर जले

रोदिक खबर

१६, बैशाख २०७८
  • 3.7K
    SHARES
  • घरमा चट्याङ हान्दा खोटाङमा दुई  घर जले

    खोटाङ । पानी सङ्गै परेको चट्याङले हान्दा खोटाङमा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बुधबार साँझ असिनापानी सँगै चट्याङले हानेर रावाबेंशी गाउँपालिका वडा नम्बर–६ हौंचुर भैसेका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमाका सार्कीमान तामाङको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए । 

    आगोलागी हुँदा खड्काको घरमा भएका अन्नपात, लत्ताकपडा, सुन ५ तोला, चादी ३० तोला, नगद ५० हजार गरि अनुमानित पन्ध्र लाख २६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएकोे छ ।

    यस्तै, चटयाङले हानेर साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमा सौर्यका तामाङको एक तले फुसको छाना भएको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।  तामाङको घरमा भएका लत्ताकपडा, अन्नपात, जल्दा एक लाख पचास हजार बराबरको क्षति भएको गजमेरले बताए । चटयाङले मानवीय क्षती भने दुवै स्थानमा नगरेको प्रहरीकोे  भनाइछ ।

     

    प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - ११:४४:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको