बिहिवार, कार्तिक २० गते २०८३

अग्नी पीडित परिवारलाई  गाउँपालिकाको राहत 

अग्नी पीडित परिवारलाई  गाउँपालिकाको राहत 

रोदिक खबर

१६, बैशाख २०७८
  • 2.3K
    SHARES
  • अग्नी पीडित परिवारलाई  गाउँपालिकाको राहत 

    खोटाङ ।  पानीसँगै परेको चट्याङले हानेर  घर क्षती भएको परिवारलाई  गाउँपालिकाले  राहत बितरण गरेको छ । बुधबार साँझ असिनापानीसँगै चट्याङले हानेर रावाबेंशी गाउँपालिका वडा नम्बर–६ हौंचुर भैसेका ज्ञानबहादुर खड्कालाई रावाबेसी गाउँपालिकाले घर मर्मतपछि लाग्ने जस्तापाता, त्रिपाल, ९० केजी चामल, एक काटन तेल, ५ केजी  नुन, ५ केजी  दाल  राहत स्वरुप उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । 

     खड्काको माटोले बनेको फुसको छाना भएको ३ तले घरमा  चट्याङ परी आगलागी भइ घर पूर्णरुपमा जलेर नष्ट हुँदा घरमा भएको अन्नपात,लत्ताकपडा, सुन ५ तोला, चादी ३० तोला, नगद ५० हजार गरि अनुमानित पन्द्र लाख २६ हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाईएको छ ।

    प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १२:३५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको