शुक्रवार, भाद्र २६ गते २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले लिए शपथ

रोदिक खबर

२९, बैशाख २०७८
  • 2.1K
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले लिए शपथ

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले सपथ गराएकी हुन् ।

    गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

    विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएका थिए । तर, राष्ट्रिय जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरू नयाँ गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएपछि बहुमत पुग्न नसकेपछि पुनः नेकपा एमाले संसदीय दलका नेता समेत रहेका गुरुङले पुनः मुख्यमन्त्री पदमा बाजी मारेका हुन् ।

    प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् । अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

    प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १८:४४:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको