शुक्रवार, भाद्र २६ गते २०८३

कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु

कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु

रोदिक खबर

३०, आश्विन २०७७
  • 6.4K
    SHARES
  • कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।

    असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १४:१८:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको