नेपाली कांग्रेसकी नेतृ सरस्वती बजिमयले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन्। बजिमयले आदिवासी जनजाति महिला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन्।
संविधान सभा सदस्य समेत रहेकी बजिमयले साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको बताइन् ।
१४ औं महाधिवेशन अन्तरगत खोटाङ जिल्लाको सातौं जिल्ला अधिवेशनबाट भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भएकी बजिमयले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएसँगै आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेकी छिन्।
बजियमले पार्टीलाई संगठित, समावेशी र गतिशील बनाउने अभियानमा योगदान दिन आफू उम्मेदवार बनेको बताएकी छन् । ‘कांग्रेसमा सबै वर्ग र क्षेत्रका व्यक्तिहरु अट्ने तथा समाजको सबै क्षेत्रले भरोसा गर्ने अवस्था निर्माण गर्नुपर्छ भनेर केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुँ’, बजिमयले भनिन् ।
खोटाङ जिल्लाको शीर्ष नेता रहेकी बजिमय कुशल, सागठिनक र राजनीतिज्ञ हुन्। बजिमय पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।
उनले १४ औं महाधिवेशनबाट कांग्रेसलाई एकतावद्ध र सुदृढ बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।