भारतमा एकैदिन थपिए ९३ हजार भन्दा धेरै कोरोना संक्रमित

 भारतमा एकैदिन थपिए ९३ हजार भन्दा धेरै कोरोना संक्रमित

रोदिक खबर

२९, भाद्र २०७७
  • 3.5K
    SHARES
  •  भारतमा एकैदिन थपिए ९३ हजार भन्दा धेरै कोरोना संक्रमित

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख २८ हजार २६५ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ८० हजार ९०५ जनालाई कोरोना संक्रमण भएको छ ।

    त्यस्तै २ करोड १० लाख २६ हजार ७७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    यसैबीच भारतमा ७९ हजार ७५४ जनाको मृत्यु भएको छ भने ४८ लाख ४५ हजार ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ लाख ७७ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ८८ हजार २०५ जना उपचाररत छन् ।

    त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार ९३ हजार २१५ जना संक्रमित थपिएका छन् भने १ हजार १४० जनाको मृत्यु भएको छ ।

     

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - ०८:१७:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको