तरकारी खेतीका लागि बुवासुङका युवा किसानले बनाए हाइटेक 

तरकारी खेतीका लागि बुवासुङका युवा किसानले बनाए हाइटेक 

रोदिक खबर

१६, आश्विन २०७७
  • 6.8K
    SHARES
  • तरकारी खेतीका लागि बुवासुङका युवा किसानले बनाए हाइटेक 

    खोटाङ । उच्च मूल्ययुक्त तरकारी उत्पादनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवा किसानले हाइटेक निर्माण गरेका छन् ।

    सुम्नीमा मेरुङ कृषि समुह गठन गरेर २०७० सालदेखि व्यवसायिक कृषि फर्म सञ्चालन गर्दै आएका युवा किसानले प्रोटेक्ट हर्टिकल्चर प्रविधि बिस्तार अन्तरगत प्रदेश सरकारको आर्थिक सहयोगमा ५० मिटर लम्बाई र १० मिटर चौंडाई भएको हाइटेक निर्माण गरेका हुन् ।

    हाइटेकभित्र उच्च गुणस्तरको गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, गाजर लगायतका तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएको सुम्नीमा मेरुङ कृषि समुहका अध्यक्ष गजेन्द्र राईले बताए । 

    haitek.jpg

    प्रदेश सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ विराटनगरको १९ लाख तथा कृषि समुहको ८ लाख ३३ हजार २३६ गरी २७ लाख ३३ हजार २३६ रुपैयाँको लागतमा फलामको पाईप र प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेक निर्माण गरिएको हो ।

    स्थानीय बजारमा उच्च मूल्ययुक्त तरकारीको मागलाई पुरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको समुहका अध्यक्ष राईले बताए ।

    हाइटेकभित्र बार्षिक न्यूनतम १४ हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाइटेक निर्माणका लागि सुम्नीमा मेरुङ कृषि समुहले गत असार २ गते सम्झौता गरेको थियो । हाइटेक निर्माणपछि शुक्रबार सुम्नीमा मेरुङ कृषि समुहले सार्वजनिक सुनुवाई गरेको छ ।

    h.jpg

    वडाध्यक्ष लिलाकुमार चौहान, कृषि ज्ञान केन्द्रका कृषि अर्थविद देवराज गुप्ता, सरोकारवाला, स्थानीय लगायतको उपस्थितिमा हाइटेकभित्रै सार्वजनिक सुनुवाई गरिएको समुहले जनाएको छ । 

    कृषिमा ‘होलटाइमर’ बनेर सामुहिक रुपमा कृषिको व्यवसायिकरणमा जुटेका बुवासुङका युवाले अलैंची, आलु, अदुवा, अम्रिसो, बेसार, तिते करेला, खुर्सानी, माछा, तरकारी खेती गर्दै आएका छन् ।

    घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढि जग्गा भाडामा लिएर स्थानीय १५ युवाले सामुहिक खेती सुरु गरेका हुन् । 

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - २२:५४:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको