भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार

रोदिक खबर

२०, आश्विन २०७७
  • 4.3K
    SHARES
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार

    काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

     पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०९:३१:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको