कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे मृतक र संक्रमित

कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे मृतक र संक्रमित

रोदिक खबर

६, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै बढे मृतक र संक्रमित

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण विश्वमा हालसम्म ११ लाख ३६ हजार २६० जनाको मृत्यु भएको छ भने ४ करोड १४ लाख ६९ हजार ६२४ जनालाई संक्रमण भएको छ । ३ करोड ९ लाख ९ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७४ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख २७ हजार ४०९ जनाको मृत्यु भएको छ भने ८५ लाख ८४ हजार ८१९ जनालाई संक्रमण भएको छ । ५६ लाख २ हजार ११६जना संक्रमण मुक्त भएका छन् भने २७ लाख ५५ हजार २९४ जना उपचाररत छन् भने १५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    अमेरिकाको टेक्सासमा हालसम्म १७ हजार ७८६ जनाको मृत्यु भएको छ भने ८ लाख ८९ हजार ५१३ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा १७ हजार १९४ जनाको मृत्यु भएको छ भने ८ लाख ८८ हजार ३०५ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै फ्लोरिडामा हालसम्म १६ हजार २१० जनाको मृत्यु भएको छ भने ७ लाख ६२ हजार ५३४ जनालाई संक्रमण भएको छ । अमेरिकामा बुधवार ६३ हजार ६६३ जना संक्रमित थपिएका छन् भने १ हजार २२५ जनाको मृत्यु भएको छ।

    प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ०९:११:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको