बुधवार, कार्तिक १९ गते २०८३

  • ट्रेण्डिङ:

दुई लाख २३ हजार नगदसहित जुवाखालबाट पाँचजना पक्राउ

दुई लाख २३ हजार नगदसहित जुवाखालबाट पाँचजना पक्राउ

रोदिक खबर

१२, कार्तिक २०७७
  • 2.5K
    SHARES
  • दुई लाख २३ हजार नगदसहित जुवाखालबाट पाँचजना पक्राउ

    धनगढी। कैलालीमा २ लाख २३ हजार नगदसहित पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट मंगलबार राति नगदसहित उनीहरुलाई जुवाखालबाट पक्राउ गरेको हो।
    पक्राउ पर्नेमा गौरीगंगा–६ का भक्तबहादुर शाही, रामबहादुर साउद, डम्बर शाही, रङ्ग शाही र वीरबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

    प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १६:१२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको