बुधवार, कार्तिक १९ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडितलाई आर्थिक सहयोग

खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडितलाई आर्थिक सहयोग

रोदिक खबर

२६, कार्तिक २०७७
  • 3.6K
    SHARES
  • खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडितलाई आर्थिक सहयोग

    खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते राती भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पत्ती गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका विश्वराम मगरलाई कोषले राहत स्वरुप १० हजार सहयोग गरेको हो ।

    अग्नी पीडित परिवारलाई जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष विमला राई र युवा नेता जगत किरातीमार्फत राहत सहयोग प्रदान गरिएको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । 

    रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घर सहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका थिए । आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो ।

    घर जलेपछि मगरका ९ जनाको परिवार हाल अर्को फगतपुरमा रहेको आफ्नै घरमा बसिरहेका छन् । प्राकृतिक विपत्तीमा राहत प्रदान गर्दै आएको खोटाङ प्राकृतिक सहयोग कोषले चालु आर्थिक वर्ष १२ परिवारलाई राहत प्रदान गरिसकेको जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १९:३७:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको