'थोत्रे साइकल' बोलको  म्युजिक भिडियो सार्वजनिक

'थोत्रे साइकल' बोलको  म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२०, मंसिर २०७७
  • 5.5K
    SHARES
  • 'थोत्रे साइकल' बोलको  म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं । गीत संगीत र कलाकारिता मार्फत आफुलाई स्थापित गर्ने कोसिस स्वरूप अघि बढिरहेका प्रतिभाशाली गायक राजा खतिवडाले आफ्नो पहिलो कोशेली 'थोत्रे साइकल' बोलको  म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
     
    युगल गायनमा समावेश यस  गीतमा गायक खतिवडाको साथमा  र गायिका योजना पुरीको स्वर समावेश छ।    पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्।
     
    म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  भिडियोमा  राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत  अभिनय देख्न सकिन्छ।

    म्युजिक भिडियोमा  ओम प्रसाई छायांकन र  नविन निरौलाको सम्पादन छ।  जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो। 
     

    प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २१:५६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको