'तिम्रै माया लाग्छ' म्युजिक भिडियो सार्वजनिक

'तिम्रै माया लाग्छ' म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२९, मंसिर २०७७
  • 5.0K
    SHARES
  • 'तिम्रै माया लाग्छ' म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौं। बिनय गदालको डेब्यु  म्युजिक भिडियो तिम्रै माया लाग्छ सार्वजनिक भएको छ।  परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ।  गीतमा  शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ।  यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।  

    म्युजिक भिडियोमा  बिनय गदाल  र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।   भिडियोमा  राम चन्द्र अधिकारी  र हरि शरण रसाइलीको समेत  अभिनय रहेको छ।  भिडियोमा अजय रेग्मीको छायांकन , पदम सुवेदीको  सम्पादन रहेको छ ।  शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  

    कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

    प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०८:५०:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको