लफ्याङमा राजेशपायलको ‘देम सारो’ 

लफ्याङमा राजेशपायलको ‘देम सारो’ 

रोदिक खबर

११, फाल्गुण २०७७
  • 4.2K
    SHARES
  • लफ्याङमा राजेशपायलको ‘देम सारो’ 

    खोटाङ । मेगास्टर राजेशपायल राई कन्सर्टका लागि जहाँ पुग्छन्, त्यहाँ उधुम मच्याएरै छाड्छन् । सोमबार राती गृहजिल्ला खोटाङमा चर्चित गायक राईले दर्शक/श्रोतालाई करिब दुई घण्टा नचाएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आयोजना गरिएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरिय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको उद्घाटनकाक्रममा गायक राईले आफ्नो चर्चित गीतदेखि केही समयपछि रिलिजको तयारीमा रहेको ‘देम सारो’ बोलको एक्स्क्लुसिभ गीत गाएर दर्शक/श्रोतालाई मनोरञ्जन दिएका छन् । ‘राई इज किङ’को उपाधि पाएका राजेशपायलले आफ्नो नयाँ गीत ‘देम सारो’ सम्भवतः पहिलोपल्ट स्टेजमा गाएका हुन् । 

    आयोजकले राजेशपायलको प्रस्तुती दिउँसो ३ बजेदेखि सुरु हुने भनेपनि बेलुका करिब साँढे ७ बजे मात्र सुरु भएको थियो । उनी निर्धारित समयमै कार्यक्रमस्थलमा आइपुगेका थिए ।

    खेलमैदानको प्रवेशद्धारबाट आयोजकको खादा ओढ्दै हात हल्लाउँदै उनी मञ्चमा पुगेका थिए । मञ्चमा केहीबेर राजेशपायलसँग सेल्फी खिच्ने फ्यानको घुईचो नै लागेको थियो । उनलाई प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ लगायतले पनि खादा ओढाएर स्वागत गरेका थिए । 

    राजेशपायलले रातको झण्डै साँढे ९ बजेसम्म गीत गाएर मझुवागढी रणजितमान राई खेलमैदानमा उपस्थित दर्शक÷श्रोतालाई मनोरञ्जन गराए । उनले ‘दिक्तेल बजार, सेवा छ भन्छु, दर्शन नमस्ते...’ लगायतका दुई दर्जनभन्दा बढि गीत गाएका थिए । खेलमैदानमा उँडेको धुलोको परवाह नगरी दर्शक/श्रोताले ‘वान्स मोर’ भन्दै हुटिङ गरेका थिए ।

    मझुवागढी रणजितमान राई खेलमैदानमा फुटबल प्रतियोगीता हेर्ने र त्यसपछि शुरु हुने सांगीतिक कार्यक्रम हेर्नका लागि स्थानीयको भीड लागेको थियो । सांगीतिक प्रस्तुतीपछि राजेशपायल रातारात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित घरमा बास पुगेका थिए । 

    मेगास्टार राईको खोटाङमा भएको सांगीतिक कार्यक्रम कोभिड–१९ को महामारीपछिको पहिलो हो । लकडाउन अघि धरान तताएका गायक राईका त्यसपछिका कन्सर्टका कार्यक्रम स्थगित छ । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा व्यस्त गायक राईको कोभिड–१९ का कारण स्थगित भएका कन्सर्ट गृहजिल्लाबाट सुचारु भएको बताइएको छ । 

    re_n.jpg

    कार्यक्रममा गायक रेवत राई, गायिका वविना किराती, सुमन सरगम, रश्मी राई, सचिन राई लगायतका कलाकारको प्रस्तुती पनि ‘मार्क’ योग्य देखिएको थियो ।

    b.jpg

    Rasmi.jpg

    राजेशपायलपछि दोश्रो समय पाएका गायक रेवतले ‘पग्ली जान्छ हिमाल, आपाको छोरी, मत सो¥ह वर्षे’ लगायतका बोलका पाँच वटा गीत गाएर दर्शकलाई नचाएका थिए । 

    su.jpg

    s.jpg

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २२:२६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको