काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'टिकटक क्विन: सुपरम्यान' सार्वजनिक भएको छ।
डान्सिङ शैलीको यस गीतमा गायक कृष्ण ढकाल र गायिका रचना रिमालको गायिकी सुन्न सकिन्छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्। 
म्युजिक भिडियोमा नायक पल शाह र गायक तथा मोडेल दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वास फिचर्ड छन्। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।
चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को 'शाह प्रडक्शन फिल्म्स' आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।