'मैना'मा रोमाण्टिक मुडमा देखिए बिज्ञान र गरिमा ( भिडियो )

'मैना'मा रोमाण्टिक मुडमा देखिए बिज्ञान र गरिमा ( भिडियो )

रोदिक खबर

१४, फाल्गुण २०७७
  • 6.9K
    SHARES
  • 'मैना'मा रोमाण्टिक मुडमा देखिए बिज्ञान र गरिमा ( भिडियो )

    काठमाडौं- प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'मैना' डिजिटल बजारमा सार्वजनिक भएको छ।

    यस गीतमा स्वर गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको रहेको छ। गीतमा शब्द संगीत स्वयम् कालीप्रसाद बाँस्कोटाकै रहेको छ। युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा बिज्ञान र गरिमाको गज्जबको केमेस्ट्री देखिएको छ।

    सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस भिडियोलाई शंकल भुजेलको छायांकन गरेका हुन्। भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ।

    रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो। भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

    यसअघि केहि फिल्म र नाटकको अनुभव बटुलिसकेका कलाकार बिज्ञानले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्। https://youtu.be/47VjPyHN-cc

    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १३:४८:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको