'सल्लाह गरेर भाग्ने' बोलको म्युजिक भिडियो सार्वजनिक

'सल्लाह गरेर भाग्ने' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२९, फाल्गुण २०७७
  • 3.1K
    SHARES
  • 'सल्लाह गरेर भाग्ने' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित 'सल्लाह गरेर भाग्ने' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्।

    गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।

    सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ 'शिशिर'को निर्देशनमा तयार पारिएको हो। ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

    https://youtu.be/CLwGFc0OR4I

    प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - २०:२१:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको