शुक्रवार, भाद्र २६ गते २०८३

उदयपुरमा आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास

उदयपुरमा आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास

रोदिक खबर

५, चैत्र २०७७
  • 14.3K
    SHARES
  • उदयपुरमा आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास

    उदयपुर । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ ।

    जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।

    त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

    कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

    तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०७:१०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको