'म' भित्र संग्रहित गीत 'सोच'को म्युजिक भिडियो सार्वजनिक

'म' भित्र संग्रहित गीत 'सोच'को म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१०, चैत्र २०७७
  • 6.8K
    SHARES
  • 'म' भित्र संग्रहित गीत 'सोच'को म्युजिक भिडियो सार्वजनिक
    काठमाडौँ । गायक कपिल सापकोटाको  एल्वम 'म' भित्र संग्रहित गीत 'सोच'को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।  
    अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्‍याप गायनमा सक्रिय तिन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्‍याप 'सोच'मा सुन्न सकिन्छ। जीवन भोगाई र समाजको यथार्थ  र्‍यापमा प्रस्तुत गरिएको छ।  मिस्ट चाम्लिङले यस र्‍याप गीतलाई मिक्सिङ मास्टरिङ गरेका हुन्।  

    अस्ट्रेलियामा नै छायांकन गरिएको यस भिडियोमा स्वयम् तिन जना गायक फिचर्ड छन्।  अनिश गौतमले यस भिडियोलाई सम्पादन र निर्माण गरेका हुन्।  

    मेक मनि रेकर्डको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  यस गीतलाई अन्य डिजिटल अडियो प्ल्याटफर्महरुमा समेत सुन्न सकिन्छ।  

    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - ०७:५२:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको